काठमाडौँ – एरोसानहव संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य २०२० अन्तरगतविज्ञान, प्रविधि र नविनता (United Nations Science; Technology & Innovation (UN STI) call for Innovations ) पुरस्कारबाट स्मार्ट नमुना सार्वजनिक शौचालयकालागि पुरस्कृत भएको छ । संयुक्त राष्ट्र संघको मे ५, २०२१ मा आयोजना हुने भर्चुअल सम्मेलनमा एरोसानलाई आफ्नो नमुना शौचालयको प्रस्तुतीदिन आमन्त्रण पनि गरिएको छ । उक्त कार्यक्रममा एरोसानको नेतृत्व गर्दै एरोसान सस्टेनेवल स्यानीटेसन नेपालका कार्यकारी प्रमुख प्रकाश अमात्यले सहभागिता जनाउने छन् ।
एरोसानले काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकामा नयाँ स्मार्ट शौचालय र भएका पुराना सार्वजनिक शौचालयको पुनःनिर्माण गरि अत्याधुनिक शौचालयमा रुपान्तरण गरि रत्नपार्क, नयाँ बानेश्वर, बुद्धपार्क र मंगलबजारमा गरि हाल ४ वटा नमुना शार्वजनिक शौचालय संचालनमा ल्याईसकेको छ भने त्रिपुरेश्वर र पाटन ढोकामा यही वर्ष बाट संचालनमा ल्याउने उद्देश्यका साथ निर्माण कार्य भईरहेछ ।
एरोसान हवद्वारा संचालितयी सार्वजनिक शौचालय अत्याधुनिक, स्वच्छ, महिला मैत्री, अपाङ्ग मैत्री र समुदायमा आधारित रहेको छ । उक्त शौचालयहरुमा महिलाहरुको लागि स्वचालित मेसिनबाट स्यानिटरी प्याड किन्ने व्यवस्था गरिनुका साथै प्रयोग भएको प्याडको व्यवस्थापनका लागि प्याड जलाउने मेसिनपनि जडान गरिएको छ र बालबालिकाहरुको डाइपर परिवर्तन गर्ने स्थान पनि उक्त शौचालयहरुमा उपलब्ध रहेको छ । यस शौचालयमा सरसफाईका लागि आकाशे पानी संकलन गरि प्रयोग गरिएको छ । उक्त शौचालयबाट निस्कासित ठोस तथा तरल फोहोरलाई ढलमा नफाली उर्जाको रुपमा वाँयो ग्यास निर्माण गरिएको छ भने फोहोर पानीलाई प्रशोधन गरि पुनःप्रयोग गरिएको छ । एरोसानले निर्माण गरेको सार्वजनिक शौचालयहरु सरसफाईको क्षेत्रमा दिगो सामाजिक उद्यम नमुनाको रुपमा रहेको छ जसले निम्न तथा मध्यम आयश्रोत भएको समुदाय विशेष गरि अपाङ्ग तथा पिछडिएको समुदायका लागि सम्मानको रोजगारी उपलब्ध गराएको छ ।
‘‘एरोसानहवले निर्माण गरेको शौचालयहरु नेपालमा सार्वजनिक शौचालय निर्माणका लागि नमुना कार्यक्रमको रुपमा रहेको छ । सरसफाई क्षेत्रको चुनौतीलाई आत्मसाथ गर्दै एरोसानले सूचना प्रविधि र व्यवसायिक नीति अपनाई सार्वजनिक शौचालय निर्माणमा विशेषज्ञता हासिल गरेको छ । एरोसानले शौचालय संचालक, गैर सरकारी संस्था, सीमान्तकृत समुह र नेपाल सरकारसँग हातेमालो गर्दै महिला तथा बालबालिका र अपाङ्गहरुलाई मध्यनजर गदै आवश्यक डिजाइन तयारपारी उचित प्रविधि र सुचनामुलक पोस्टरहरु पनि आफ्नो शौचालयहरुमा प्रयोग गरेको छ भने फोहरलाई मोहरमा परिणत गर्न वायो ग्याँसलाई आफ्नो डिजाईनमा अटाएको छ । शौचालयलाई अत्याधुनिक रुपमा निर्माण गरि उत्पादित वायो ग्याँसको सदुपयोग गर्दै यसको दिगो संचालनका लागि क्याफे संचालनमा ल्याएकोे छ ।’’ एरोसान, नेपालका प्रतिनिधि अमात्यले भने ।
‘‘समाजमा सरसफाईकर्मीहरुलाई सम्मानको दृष्टिले हेरिने गरेको पाइदैन । त्यस माथि पनि सार्वजनिक शौचालयका सरसफाईकर्मीहरुलाई अपहेलित गर्ने गरेको पाइन्छ । सरसफाई समाजका लागि निक्कै महत्वपूर्ण भएता पनि सफाईको कामलाई समाजले सम्मान गरेको पाइदैन ।’’ उनले भने ।
काठमाडौं उपत्यका क्षेत्र भित्रका महानगरपालिका र नगरपालिकामा एरोसान संस्थाले ५० वटा महिला मैत्री, अपाङ्ग मैत्री, पहुँचयुक्त सार्वजनिक शौचालयको निर्माण गर्ने उद्देश्य लिएको छ, जसले सरसफाईकर्मीहरुलाई सम्मानजनक रोजगारीको अवसर प्रदान गर्ने जनाएको छ । मे ५ बुधबारका दिनहुने संयुक्त राष्ट्रसंघको सम्मेलनमा २०२० र २०२१ मा भएको विभिन्न नविन्तम कार्यहरुलाई अगाडी ल्याउने छ । यस कार्यक्रममा एरोसानले विभिन्न नीती निर्माता, गैरसरकारी संस्था, अन्तराष्ट्रिय दाताहरु, शिक्षाविद, निजी उद्यमी र आविस्कारकहरुसँग जोडिने अवसर प्राप्त गर्नृुका साथै निर्माण भएर संचालनमा आएका र निर्माणाधिन अत्याधुनिक सार्वजनिक शौचालयहरुको बारेमा आफ्नो प्रस्तुती प्रस्तुत गर्नेछ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३