संघीय प्रतिनिधिसभामा काठमाडौं क्षेत्र नं. ८ बाट प्रतिनिधित्व गर्ने सांसद जीवनराम श्रेष्ठ कोभिड–१९ बाट सुरक्षित रहन जनचेतना जगाउन घरदैलो अभियानमा जुटेका छन् ।
सांसद श्रेष्ठले यही बैशाख २२ गते बुधवारबाट घरदैलो कार्यक्रम सुरु गरी घरघरमा गई मास्क र साबुन वितरण गर्दै कोरोनाको दोश्रो लहरबाट जोगिनका लागि सबैले अनिवार्य मास्क लगाउन र साबुन पानीले मिचिमिचि हात धुनुका साथै हुलमुलमा नजान र कसैसँग भेट गर्दा कम्तीमा दुई मिटरको दुरी कायम गर्न आग्रह गरे ।
२२ गते चःमति क्षेत्रमा उनले जनचेतना अभियान चलाएका थिए भने २३ गते कामपा २४ वडाको मखन, इतुंबहाल क्षेत्रमा अभियानलाई बढाइएको छ ।
सांसद श्रेष्ठले कोरोनाको पहिलो लहर चलेकै समयमा यसको उपचारका लागि कोभिड अस्पतालका रुपमा आनन्दकुटी विद्यालयमा ५० शैय्याको कोभिड केयर सेन्टर सञ्चालन गर्ने घोषणा गरेका थिए । जुन अहिले पुनः सञ्चालनका लागि तयारी अवस्थामा रहेको र स्वास्थ्य मन्त्रालयबाट स्वीकृति प्राप्त भएमा यही आइतबारबाट सञ्चालनमा ल्याइने बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३