अर्थ मन्त्रालयले आफू र आफू मातहतका निकायमा कार्यरत कर्मचारीका लागि आचारसंहिता ल्याएको छ ।
कर्मचारीले जनताको सर्बोपरि हितलाई ध्यानमा राखेर काम गर्नुपर्ने नियम बनाइएको छ ।आचारसंहितामा मन्त्रालयले दिएको जिम्मेवारी लगनशील भएर पुरा गर्नुपर्ने उल्लेख छ ।
कसैको अनुचित प्रलोभनमा नपर्न, भ्रमणमा जाँदा सेवाग्राहीको प्रयोजनमा खाने बस्ने नगर्न, कार्यालय समयभित्र कार्यालय प्रयोजबाहेकमा साजिक सञ्जालको प्रयोग नगर्न, समाजिक सञ्जाल र सञ्चारमाध्यममा आफूलाई प्राप्त सूचना नदिन, माथिल्लो तहको स्वीकृतिबेगर बाहिर सरोकारवाला र सेवाग्राहीसँग भेटघाट नगर्न पनि आचारसंहिताले भनेको छ ।आफ्ना सहकर्मीहरुमाथि नकारात्मक टिप्पणी नगर्न, सरकारी चिन्ह, छाप, इमेल, सिल साँचो, पासको हिफाजत गर्न तथा होटल रेस्टुरेन्टमा मितब्ययी व्यवहार पद्रशर्न गर्न र विवाह, व्रतबन्धमा भडि्कलो खर्च र व्यवहार नगर्न पनि आचारसंहितामा भनिएको छ ।
पदीय जिम्मेवारीको प्रयोग गरेर व्यक्तिगत काम नगराउन, परिवार तथा आफन्तका लागि छात्रवृत्ति नमाग्न, वैदेशिक भ्रमणका लागि कार्यालयको स्वीकृतिबेगर पत्राचार नगर्न, स्वीकृति नलिई उपहार नलिन, राजनीतिक दलको कार्यक्रममा सार्वजनिक सम्पत्ति र सवारी प्रयोग गर्न नदिन, कार्यालयसँग असुन्तुष्टी रहेमा सामाजिक सञ्जालमा नलेख्न पनि आचारसंहितामा उल्लेख छ ।
कार्यालय प्रयोजनमा सरकारी इमेलमात्र प्रयोग गर्न पनि भनिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३