सर्वोत्तम सिमेन्टले गर्यो २० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं – सर्वोत्तम सिमेन्टले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७७/७८ को नाफाबाट १९.११८ प्रतिशत बोनस शेयर र १.००६ प्रतिशत कर प्रयोजनको लागि गरेर जम्मा २०.१२४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त बोनस प्रस्ताव असार १९ गते हुने कम्पनीको साधारण सभामा पेश गरिने जनाईएको छ । ३ अर्ब ४० करोड रुपैयाँ चुक्तापुँजी रहेको यस कम्पनीले ३ करोड ४० लाख कित्ता आइपिओ निष्कासन गर्ने यस अघि नै जानकारी दिएको छ । कम्पनीले बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासन गर्ने जनाएको छ । आईपीओ निष्कासन तथा प्रबन्धकमा ग्लोबल आईएमई रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार