काठमाडौं – नेप्से परिसूचक ४२ दशमलव ७२ अंकले बढ्दा ३०२५ दशमलव ८३ को विन्दुमा रोकिएको छ । नेप्सेको अनुसार आज २ सय २१ वटा कम्पनीको ३ करोड ५० लाख २७ हजार ३ सय ६३ कित्ता शेयर किनबेच हुँदा १८ अर्ब ८८ करोड रुपैयाँ बढीको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी अरुण भ्याली हाईड्रो पावरको ६२ करोड ५९ लाख रुपैयाँ माथिको कारोबार भएको छ । त्यस्तै, अपी पावर कम्पनीको ५४ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
त्यस्तै, हिमालयन डिस्टिलरीको ५० करोड २९ लाख, नेपाल पुनर्बीमा कम्पनीको ४२ करोड ८५ लाख, लुम्बिनी विकास बैंकको ४२ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३