काठमाडौँ, २० माघ– प्रधानमन्त्री केपी ओलीले आगामी आर्थिक वर्षमा वृद्धभत्ता बढ्ने बताएका छन् ।
सहिद हेमनारायण यादवको १५औँ स्मृतिसभालाई शनिबार सिरहामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वृद्धवृद्धाको हितका लागि सरकार सकारात्मक रहेको बताए ।
काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले देशको ढुकुटी रित्तो पारेकाले अघिल्लो आर्थिक वर्षमा वृद्धभत्ता बढाउन नसकेको प्रधानमन्त्रीको दाबी छ । ‘वृद्धभत्ता बढेन भनेर निराश हुनुपर्ने अब धेरै दिन छैनन्,’ प्रधानमन्त्री ओलीले भने, ‘आउने आर्थिक वर्षमा सरकारले अवश्य बढाउनेछ ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३