काठमाडौँ – नेपाली बजारमा लगातार ओरालो लाग्न थालेको सुनको मूल्य शुक्रबार थप १२ सय रुपैयाँले घट्न पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १२ सय रुपैयाँले घट्दै ९० हजार ८०० रुपैयाँमा झरेको हो ।
गत बिहीबार एकै दिन ११ सय रुपैयाँले घट्दै सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत सोही दरमा घट्दै प्रतितोला ९० हजार ३०० रुपैयाँ कायम भएको छ ।
त्यसो त नेपाली बजारमा सुनको मूल्य क्रमिक रुपमा तिब्र गिरावट आइरहँदा यता चाँदीको मूल्य पनि घटिरहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ३५ रुपैयाँले घट्दै एक हजार ३०५ रुपैयाँमा झरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३