काठमाडौँ – होण्डा नेपालले भर्खर मात्र नेपाली बजारमा भित्राएको सिबी ३५० डि.एल.एक्स.ले छोटो समयमा धेरैको ध्यानाकर्षण गराउन सफल भएको छ । होण्डाद्वारा निर्धारित यस बाइकको मूल्यका विषयमा केहि समिक्षा अवश्य भएता पनि यस बाइकमा भएको सुविधाले बाइक पारखीहरुको मन लोभाएको छ ।
केहि साता अघि सार्वजनिक गरिएको यस बाइक स्टक आउट भएको छ र अब उपरान्त बाइक खरिद गर्न इच्छुक बाइक पारखीहरुले अगष्ट महिनासम्मका लागि कुर्नु पर्ने हुनेछ । आकर्षक रेट्रो लुक्स, ३५० सिसिको इन्जिन र मोर्डन फिचर्स्ले गर्दा यो बाइक सबै उमेरका बाइक पारखीहरु माझ लोकप्रिय बन्न सफल भएको छ । ३००० आर पि एम मा ३० एन एम टर्क र ५५०० आर पि एम मा २१.०७ पि एस को अधिक्तम पावर उत्पादन गर्न सक्ने यस बाइकमा प्रतिस्पर्धी बाइकहरुमा उपलब्ध नभएका धेरै फिचरर्सहरु जस्तै रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल कनसोल, रिङ्ग टाइप विंकर सहितको एल.इ.डी. हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एण्ड सिल्पर क्लच् , डिजिटल मिटरहरु उपलब्ध रहेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३