काठमाडौँ – यूनियन लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आइपिओ) बाँडफाँट भएको छ।
इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज बिहान प्रि अलटमेण्ट गरी बोर्डमा प्रतिवेदन बुझाएको थियो। साथै आजै शेयर बाँडफाँटको अनुमति माग गरेकोमा बोर्डको स्वीकृति पाए लगत्तै क्यापिटलले शेयर बाँडफाँट गरेको हो ।
आइपिओमा कुल २१ लाख ८२ हजार ७७५ जनाले आवेदन दिएका थिए। तीमध्ये ४ हजार ८०१ जनाको दोहोरो आवेदनका कारण रद्द भएको छ भने ६५ हजार १७५ जनाको बैंकिङ विवरण नमिल्दा रद्द भएको छ। यसरी कुल ६९ हजार ९७६ आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।
२१ लाख १२ हजार ७९९ आवेदक बाँडफाँटका लागि योग्य भएकोमा ५ लाख ८० हजार ५ सय जनाले १० कित्ताका दरले आइपिओ पाएका छन्।
यस आधारमा इन्स्योरेन्सको शेयरमा आवेदन गरेका कुल मध्ये १६ लाख २ हजारभन्दा बढी आवेदकको हात खाली भएको छ।
इन्स्योरेन्सले असार २४ गतेदेखि १०० रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर मध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता इन्स्योरेन्सका कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी रहेको ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरेको थियो । असार २४ देखि २८ गतेसम्म कम्पनीको आइपिओका लागि आवेदन खुलेको थियो।
क्यापिटलका अनुसार रिजल्ट्स डट प्रभु क्यापिटल डटकममा https://results.prabhucapital.com/ तथ्यांक प्रशोधनको काम सकिए पछि नतिजा अपलोड गरिनेछ । नतिजा अपलोड नहुञ्जेल उल्लेखित डोमेनमा सर्भिस टेम्पोरर्ली अनअभाइलेभल देखाउनेछ। नतिजा अपलोड भए पछि आफूलाई शेयर परे नपरेको हेर्न सकिने क्यापिटलले जनाएको छ ।
संचालनमा आइरहेको यस कम्पनीले चैत मसान्तसम्म खुद ८ करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ। सो अवधिसम्म कम्पनीको खुद बीमा शुल्क ५ अर्ब रुपैयाँ पुगेको छ।
कम्पनीको प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ४६ पैसा छ भने प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ३३ पैसा छ। कम्पनीले सर्वसाधारणमा सेयर जारी गरेपछि भने प्रतिसेयर आम्दानी घट्नेछ। यसमा ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारणको सेयर रहनेछ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३