बीरगंज भन्सारद्वारा आर्थिक बर्ष २०७७/७८ मा राखेको लक्ष्य भन्दा कम राजश्व असुली
Mukhya Bhawan - Birgunj Bhansar

बीरगंज – बीरगंज भन्सार कार्यालयले गत आर्थिक बर्ष २०७७/७८ को एक बर्षमा राखेको लक्ष्य भन्दा कम राजश्व असुली गरेको छ ।

भन्सार कार्यालयले गत आर्थिक बर्षको एक बर्षमा सरकारले दिएको लक्ष्य भन्दा ७१ करोड ४ लाख ४४ हजार कम राजश्व असुली गरेको हो ।
नेपाल सरकारले गत आर्थिक बर्ष २०७७/७८ को एक बर्षमा १ खर्व ७० अर्व ७६ करोड ५१ लख ४५ हजार लक्ष्य दिएकोमा बीरगंज भन्सार कार्यालयले १ खर्व ७० अर्व ५ करोड ४७ लाख १ हजार रुपैया मात्र राजश्व असुली गरेको छ ।

त्यसैगरी सरकारले बीरगंज भन्सार कार्यालयलाई भन्सार महसुल तर्फ ६५ अर्व ३४ करोड ९९ लाख ९० हजार राजश्व असुली गर्न लक्ष्य दिएकोमा ६४ अर्व ८२ करोड ७९ लाख ३ हजार ४ सय ४७ रुपैया मात्र असुली गरेको छ भने मुल्य अभिबृद्धी कर तर्फ ७१ अर्व १६ करोड ८९ लाख ६६ हजार राजश्व असुलीको लक्ष्य दिएकोमा ६१ अर्व ६० करोड ५० लाख १२ हजार १ सय ८४ रुपैया मात्र असुली गरेको छ। त्यसैगरी अन्तशुल्क तर्फ २२ अर्व ४७ करोड ४८ लाख ८८ हजार रुपैया राजश्व असुलीको लक्ष्य दिएकोमा १८ अर्व ८५ करोड ४० लाख ७८ हजार ३ सय १२ रुपैया मात्र राजश्व असुली गरेको बीरगंज भन्सारका सुचना अधिकारी सुमित गुप्ताले बताएका छन ।

त्यसैगरी बीरगंज भन्सार कार्यालयले पुर्वाधारकर तर्फ १० अर्व ३८ करोड २२ लाख ७१ ह्जार रुपैया असुली गरेको छ भने कृषी सुधार शुल्क कर तर्फ ११ अर्व ३९ करोड २४ लाख ४ हजार राजश्व असुली गरेको छ। भन्सार निर्यात तर्फ ६ करोड ६६ लाख ७१ ह्जार रुपैया राजश्व असुली गरेको छ भने अन्य शिर्षकबाट १८ करोड २६ लाख २३ हजार रुपैया भन्सार राजश्व असुली गरेको छ ।

त्यसैगरी बीरगंज भन्सार कार्यालयले सबै भन्दा बढी भन्सार राजश्व पेटोलियम पदार्थ, ठूला तथा साना सवारी साधन बस ट्रकका चेचिस, हवाई ईन्धन लगायतका सामानहरुबाट असुली गरेको सुचना अधिकारी गुप्ताले जनाएका छन ।

बीरगंज भन्सार कार्यालयले गत आर्थिक बर्ष २०७७/७८ को एक बर्षमा ९९ दशमलब ६ प्रतिशत मात्र राजश्व असुली गर्न सफल भएको गुप्ता बताउछन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार