होण्डा ग्रेजिया अब बी.एस.भी.आइ. मोडलमा
Honda Grazia bsvi

काठमाडौं – नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनि लिमिटेडले नेपाली बजारमा होण्डा ग्रेजिया को बी.एस.भी.आइ. मोडल सार्वजनिक गरेको छ ।

आकर्षक र स्टाईलिस लुक रहेको यस १२५ सिसि नयाँ मोडलमा व्यवहारिक फिचरहरु थप गरी पूर्णरुपमा रि–डिफाइन गरिएको छ । १५५ एमएम देखि १७१ एमएम ग्राउण्ड क्लेरेन्स रहेको यस स्कुटरको स्पिडोमिटरमा माइलेज फिचर उपलब्ध रहेको छ । यस फिचर अन्तर्गत स्कुटरले दिने रियल टाइम माइलेज, एभरेज माइलेजका साथै डिस्ट्यान्स टू एमप्टि जस्ता जानकारी प्राप्त गर्न सकिनेछ ।

होण्डाको प्रोग्राम फ्यूल इन्जेक्टर टेक्नोलोजीे प्रयोग भएका कारण यस स्कुटरमा बढी माइलेज र पावर रहेको छ ।

ग्रेजियाको यस नयाँ मोडलमा जाम भएको समयमा इन्धनको बचत गर्नको लागि आइडेलिङ स्टपको सुविधा रहेको छ भने नयाँ बिएसभिआइ एस.टि.डी. मोडलमा इन्जिन स्टार्ट / स्टप स्विच रहेको छ । यसका साथै यस स्कुटरमा साइड स्ट्याण्ड इन्जिन अफ फिचर, एसिजी सहितको साइलेन्ट स्टार्ट, इएसपी टेक्नोलोजीको साथ एचइटी इन्जिन जस्ता अन्य विभिन्न उपयोगी विशेषताहरु रहेको छ ।

नेपाली बजारमा ग्रेजिया बिएसभिआइ डि.आच.एस. को मूल्य रु.२ लाख ६९ हजार ९ सय र ग्रेजिया बिएसभिआइ डि.एस.एस. को मूल्य रु.२ लाख ८९ हजार ९ सय रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार