काठमाडाैं – अपरिचत व्यक्तिले १५ वटा बैंकका उच्च अधिकारीहरुलाई बैंकको सिस्टम ह्याक गरेर पैसा चोर्ने चेतावनी दिएपछी बैकिंङ्ग क्षेत्रमा हलचल मच्चिएको छ।
अपरिचित व्यक्तिले फोन र इमेलमार्फत आफुँ ह्याकर भएको दावी गर्दै बैंकका उच्चपदस्थ कर्मचारीहरुलाई पैसा चोर्ने धम्की दिएका छन्। ती व्यक्तिले बुधबार विभिन्न बैंकका प्रमुख र उच्च तहका कर्मचारीलाई धम्कीपुर्ण इमेल र फोन गरेका छन्। उनले यसलाई ठट्टाको रुपमा नलिन पनि चेतावनी दिएका छन्।
ह्याकरले अमेरीकाको नम्बरबाट फोन गरेर बैंकको सिस्टम ह्याक गर्ने धम्की दिएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले जानकारी दिए। यस्तो धम्की आएपछी बैकंहरु चनाखो भएका छन् भने सम्बन्धित निकायले सुरक्षा सतर्कता बढाएको छ।
यी हुन ह्याकरले धम्की दिएका बैंकहरु : नेपाल राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, बैंक अफ काठमान्डू, सिटिजन्स इन्टरनेसनल बैंक, सानिमा बैंक, एभरेस्ट बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र हिमालयन बैंक।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३