सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारले एक वर्षको अवधीमा उल्लेखनीय काम गरेको दावी गरेका छन् ।
काभ्रेको धुलिखेल नगरपालिकाको ३३ औं स्थापना दिवसको कार्यक्रममा उनले १ वर्षमा कानूनी जटिला र नीतिगत अवरोध हटाउदै सरकारले जनमत अनुसार नै काम गरेको बताएका हुन् ।
मन्त्री बास्कोटाले भने ‘सरकारले केही गरेन भन्नेहरुले त औसत गरे भनिसक, एक वर्षमा केही गरेन भन्ने र सोच्ने दिमाग नै शून्य छ ।’
सबै तहका सरकारले आफ्नो ठाउँबाट जनताको समृद्धिका लागि काम गरिरहेको मन्त्री बास्कोटाले बताए । ‘सडक पुल पुलेसाहरु बनिरहेकै छन् । नीतिगत संगठनात्मक सुधारका पाइला अगाडि बढिरहेका छन्’ उनले भने ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३