काठमाडौँ – बिहीबार नेपाली बजारमा सुनको मूल्यमा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबारको मूल्यमा सुन प्रतितोला ४०० रुपैयाँले घट्दै बिहीबार ९० हजार ८०० रुपैयाँ कायम भएको हो ।
गत बुधबार बजारमा सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यता तेजाबी सुनको मूल्य पनि बिहीबार प्रतितोला ४०० रुपैयाँले नै सस्तिँदै ९० हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने अधिकतम २५ रुपैयाँले घट्दै बिहीबार एक हजार १८० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३