राष्ट्रपति भण्डारीले यो अभियानलाई छोरीहरुको सम्मान र महत्व बुझ्ने अभियानका रुपमा आफुले लिएको भन्दै उनले यो अभियानले समाज मात्र नभई समग्र देशकै विकासमा पनि टेवा पुग्ने बताइन् ।
कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले यो अभियानमार्फत प्रदेश २ मा जन्मिने हरेक छोरी लखपति भएर जन्मिने दाबी गरे । शिक्षा र स्वास्थ्यका क्षेत्रमा प्रदेश २ अरु सबै प्रदेश भन्दा पछि रहेको भन्दै उनले यो अभियानले मधेसी समाजमा विद्यमान छोरा र छोरी विभेदको अन्त्य गर्ने दाबी गरे ।
कार्यक्रमलाइ सम्बोधन गर्दै पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले खासगरि मधेसका महिला र दलितहरुको शिक्षामा पहुँच कम रहेकाले प्रदेश सरकारले शुरु गरेको योअभियानले मधेसका छोरी चेलीहरुलाई शिक्षित बनाउने विश्वास आफु्ले लिएको बताए । सांसद यादवले मधेस समृद्ध नभए सम्म देश पनि समृद्ध हुन नसक्ने भन्दै संविधान संशोधन गरेर मधेसी जनताको अधिकार दिलाइ दिन राष्ट्रपति भण्डारीसमक्ष आग्रह पनि गरे ।
प्रदेश २ को सरकारले मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउन अभियान अन्तर्गत माघ १ गते यता जन्मिएका छोरीहरुको शिक्षाका लागि एक लाख रुपैयाको बिमा गरिदने घोषणा गरेको थियो । तर छोरी शिक्षा बिमा कार्यक्रमको औपचारिक शुभारम्भ भने बिहिबार देखि सुरु गरिएको हो ।
वीरगन्जको त्रिजुद्ध उच्च मावि परिसरमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले माघ १ गते यता जन्मिएका १४ जना छोरीहरुलाइ बिमा कार्ड हस्तान्तरण गरेकी थिइन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले छोरीहरुको शिक्षाका लागि प्रदेश २ को सरकारले शुरु गरेको कार्यक्रमले शिक्षामा छोरीहरुको पहुच बढ्ने दाबी गरेकी छन् । प्रदेश २ मा गत माघ १ गते यता जन्मिएका छोरीहरुको शिक्षाका लागि प्रदेश सरकारले सन्चालन गरेको छोरी शिक्षा बीमा कार्यक्रम औपचारिक रुपमा सुरु गर्दै उनले सो कुरा बताएकी हुन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३