काठमाडौं । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारप्रति असन्तुष्टि जनाएका छन् । कर्मचारीतन्त्रमा डर हराएको भन्दै उनले समयमा काम नगर्नेहरुलाई दण्डित गर्न सरकारलाई आग्रह गरेका छन् ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघको कार्यक्रममा नेता नेपालले सात घन्टासम्म काम नभएको गुनासो आफूकहाँ आएको बताए । कर्मचारीमा डर हराएको भन्दै उनले भने, म सरकारलाई भन्न चाहन्छु, प्रशासनलाई कडाई गर्नुस् । काम समयमा नगर्नेलाई दण्डित गर्नुस्, पदको दुरुपयोग गर्नेलाई सजाय दिनुस् ।’
उनले सरकारतर्फ इंग्तित गर्दै धेरै बोल्ने र कम सुन्ने समस्या देखिएको बताए । उद्योग र अर्थ मन्त्रालयले आफ्ना कुरा नसुनेको व्यवसायीहरुको गुनासो रहेको भन्दै भने, प्रकृतिले दिएको छ एउटा मुख धेरै बोल्छौं, दिएको छ दुईटा कान तर कम सुन्छौं । यस्तो विसंगती किन देखियो बुझ्न सकेको छैन ।’
कार्यक्रममा पूर्वर्थमन्त्री डा. रामशरण महतले सरकारको अदुरदर्शी नीतिका कारण मुलुक आर्थिक संकटतर्फ धकेलिएको दाबी गरे । व्यापार घाटा बढ्दै जानु, बैदेशिक लगानी भित्रन नसक्नु तथा स्वदेशमा उद्यमशीलताको विकास हुन नसक्नुले मुलुक आर्थिक संकटतर्फ उन्मुख भएको उनले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३