काठमाडौं – अपि पावर र ङादी ग्रुप पावरको बोनस सेयरमा मूल्य समायोजन भएको छ । शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एक सूचना जारी गर्दै अपि पावरको १०.५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको जनाएकाे छ । ङादी ग्रुप पावरको २० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको नेप्सेले जनाएको छ ।
समायोजनपछिको अपि पावरको मूल्य ४७८ रुपैयाँ ७३ पैसा कायम भएको छ । बिहीबार नेप्सेमा कायम भएको अन्तिम मूल्य ५२९ रुपैयाँका आधारमा समायोजन गरिएको हो ।
यस्तै, ङादी ग्रुप पावरको समायोजनपछिको भाउ ८०७ रुपैयाँ ५० पैसा कायम भएको छ । बिहीबार नेप्सेमा कायम भएको अन्तिम मूल्य ९६९ रुपैयाँका आधारमा समायोजन गरिएको हो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३