२०७२ साल बैशाखमा आएको विनासकारी महाभुकम्पको चपेटामा परि पलभरमै घरबार विहीनभएका ६५ परिवारहरु भक्तपुर लिवालीको खुला मैदानमा जस्ता पाताले निर्मित अस्थाई टहरमा बस्दै आईरहेका थिए । तिमध्ये केहि परिवार आफ्ना वासस्थानमा फर्किसकेका छन भने आजका दिन सम्म पनि १५ परिवारहरु त्यहि अस्थाई टहरामा आश्रित रहेका छन् । आफ्नो घरको लालपूर्जा भएको अवस्थामा पनि विनासकारी भुकम्पले घरबार विहिनबनाई गरिवको अवस्थामा परिवारहरु जाडो महिनामा कठाङग्रियर र गर्मिमा निकै गर्मि सहेर जसो तसो आफ्नो जिविकोपा र्जन गर्दै आईरहेका छन् भने केहि परिवारहरु स्वास्थ्यको समस्याका कारण आर्थिक स्थिति कमजोर भएता पनि कोठा भाँडामा गुजारा गरिरहेका छन् ।
दैनिक ज्यालादारीमा काम गर्दै आफ्नो र परिवारको जीविका चलाउदै आईरहकाशहरी गरिवहरु कोरोना महामारीका कारण कामबिहिन छन्भने आफ्नो र परिवारको भरणपोषणका लागि ऋण लिएर आफ्नो गुजारा चलाईरहेका छन् भने हाल ऋणका कारण र रोजगारी गुमेर मानिसक रुपमा विक्षिप्त भैरहेका छन्। विगतमा भुकम्पबाट पिडित तथाहाल कोरोनाबाट विक्ष्प्ति यस्ता परिवारहरुका लागि गैर सरकारी संस्था गुथिले भत्सल ईम्पेक्स प्रा.लि. ९साओमीफोनका अधिकृत विक्रेता आर्थिक सहयोगमा एक महिनाको लागि३० परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।
‘‘शहरी मध्यमवर्गका मानीसहरु आफ्नो अवस्थालाई समाजमा देखाउन हिच्की चाउने गर्दछन् र मानशीक रुपमा विक्षिप्त हुन्छन् । शहरी गरिबीलाई न्यूनिकरण गर्नका लागि यस्ता परिवारको पहिचानहुनु
जरुरी रहेको छ ।”गुथिका प्राविधिक सल्लाहकार प्रकाशअमात्यले भने । भत्सल ईम्पेक्सका प्रबन्धक नितेश कुमार मुन्द्राले विश्वभरी साओमी फोनले वर्चस्व कायम गर्न सफल भएसंगै कम्पनीको सामाजीक उत्तरदाहीत्व अन्तरगत भक्तपूर लिवालीका न्यून आय भएका र कोभिड १९महामारीले समस्यामा परेका परिवारहरुलाई खाद्यान्न सहयोग गरी केही योगदान गर्न सकेको भावना व्यक्त गर्नु भयो । यसैगरी विष्णुमती किनारामा बसोबास गर्ने न्यनूआय सूदायहरुका लागी स्मार्ट टि.भि सहयोग गरी विद्यार्थीहरुका लागी भरचूयल पठनपाठनमा कम्पनीले सहयोग गरेको जानकारी दिनुभयो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३