काठमाडौँ – संसद बैठकमा एमालेका सांसदहरुले निरन्तर अवरोध र नारावाजी गरिरहँदा सभामुख अग्निप्रसाद सापकोटा पनि बोल्न छाडेका छैनन् । सांसदहरु बेलाबेला आक्रोशित हुँदै सुरक्षा घेरा तोडेर रोष्ट्रममा उक्लिन खोज्दा सभामुखले भने उनीहरुलाई संयम भएर बसिदिन आग्रह गर्दैआएका छन् ।
आइतबार दिउँसो पनि अघिल्ला बैठकमा झैँ बैठक सुरु हुनासाथ एमाले सांसदहरुले सभामुख विरुद्ध चर्को नारावाजी लगाए । सभामुखले बैठक सुरु गर्दै उनीहरुलाई आआफ्नो ठाउँमा बसेर सहज वातावरण बनाइदिन आग्रह गरे ।
‘विश्वव्यापी मान्यताः के हो भने आफ्नो अधिकारको कुरा गर्दा अरुको अधिकार हनन गर्नु हुँदैन’ सभामुख सापकोटाले भने ‘नेपालको संविधान धारा १०५ ले अदालतमा विचारधिन मुद्दाका सन्दर्भमा न्याय निरुपणमा प्रतिकुल असर पार्ने विषयमाथि संघीय संसदको कुनै सदनमा छलफल गर्न बन्देज गरेको कुरा पुनः स्मररण गराउन चाहन्छु । मर्यादा कायम गर्न बारम्बारर अनुरोध गरिरहेको छु ।’
सभामुख सापकोटाले यसअघिका दुईवटा बैठकमा पनि यस्तै झमेला झेल्नुपरेको थियो । यसअघि शुक्रबारको बैठकमा त सांसद रेखा कुमारी झा लगायत सांसदले आक्रमण प्रयास नै गरेका थिए । बैठबपछि सांसद झाले आफूहरुले जे पायो त्यसैले सभामुखमाथि आक्रमण गर्ने योजना बनाएको प्रतिक्रिया दिएकी थिइन् ।
संसद बैठक सुरु भएको तेस्रो दिन आइतबार पनि पटक पटक स्थगित हुँदै फेरि सञ्चालन हुने अवस्थामा पुगेको छ । कडा अवरोधका बीच शुक्रबार भने अर्थमन्त्री जनार्दन शर्माले संशोधित बजेट प्रस्तुत गरेका थिए ।
सभामुख सापकोटाले भने संसद सुरु गर्ना साथ एमालेका सांसदहरुको नारावाजी र अवरोधको सामना गर्नु परेको छ । सांसदहरुको नारावाजी भइरहँदा उनी पटक पटक आग्रह गर्न पनि छाडेका छैनन् ।
आइतबार पनि उनले सांसदहरुलाई आग्रह गरेका छन्, ‘मैले संवैधानिक सर्वोच्चता कायम गर्नकै लागि तपाईँहरुलाई बस्न अनुरोध गरिरहेको छु । बैठक सञ्चालनका लागि आ आफ्नो स्थानमा बसेर सहयोग गरिदिनुहुन अनुरोध गर्दछु । जनताका जल्दाबल्दा समस्याहरु बोल्नका लागि वातावरण बनाइदिनूस् । सत्तापक्ष, विपक्षी लगायत सबै सांसदहरुलाई वातावरण बनाउन आग्रह गर्दछु ।’
एमालेका सांसदहरुले भने सभामुख अग्निप्रसाद सापकोटाले एमाले फुटाउन भूमिका खेलेको भन्दै संसदमा नारावाजी गर्दैआएका छन् । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले यसअघि नै सभामुख सत्ता गठबन्धनको प्यादा बनेको आरोप लगाएका थिए । एमाले छाडेर नयाँ पार्टी गठन गरेका माधवकुमार नेपाल सहित १४ सांसदलाई एमालेले गरेको कारवाहीको सूचना सार्वजनिक गर्नुपर्ने उनीहरुको माग छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३