काठमाडौं – नेपाल सरकारले असोज १४ गते (भोली) देखि कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ४ वटा उमेर समुहलाई खोप दिने भएको हो । ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रसुवा,बाजुरा, डोल्पा, दार्चुला, मुगु र जुल्लाका १८ वर्ष माथिका खोप लगाउन छुटेका सबैलाई खोप लगाउने मन्त्रालयले जनाएको छ । यसैगरी, मन्त्रालयको अनुसार ललितपुर, भक्तपुर, मकवानपुर, सर्लाही, काठमाडौं, र अछामको ४० वर्ष माथिका र १८ वर्ष माथिका सबैलाई खोप दिइने भएको छ । ५८ जिल्लाहरुमा भने ४५ वर्ष माथिका सबै नागरिकहरुलाई दिने भएको छ। काभ्रे र चितवनका ३५ वर्ष माथिका खोप लगाउन बाँकी सबैलाई खोप दिने जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३