काठमाडौं – भरतपुर महानगरपालिका चितवनकी उपमेयर पार्वती शाहले महानगरपालिकामा अनियमितता बढेको बताएकी छिन् । उनले रेनु दाहाललाई मेयरमा जिताएर गल्ती महसुस भएको पनि बताइन् ।
स्थानीय तह निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनबाट प्रचण्ड पुत्री दाहाल मेयरमा र शाह उपमेयरमा निर्वाचित भएका थिए ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कांग्रेसबाट उपमेयरमा निर्वाचित शाहले भनिन्, ‘उहाँले कसरी चुनाव जित्नुभयो, राष्ट्रिय अन्तर्राष्ट्रियलाई थाहा छ तर अहिले गल्ती गरियो भन्ने लागेको छ ।’
महानगरपालिकालाई मेयर रेनुले एकलौटी ढंगले चलाउन खोजेको आरोप लगाइन् । उनले भनिन्, ‘दुई वर्षसम्म पनि लेखा समिति गठन भएको छैन, जिन्सी समिति गठन भएको छैन । महानगरपालिकामा अनियमितता बढेको छ ।’
उनले आफूलाई युवा संघ र अनेरास्ववियुका जिल्लास्तरीय नेताले धम्की दिएकाले असुरक्षित महसुस गरेको समेत बताइन् । यसबारे मेयर रेनुलाई जानकारी गराउँदा पनि कुनै प्रतिक्रिया नजनाएको शाहको गुनासो छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३