काठमाडौं – सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधलाई वेवास्ता गर्दै बजेट पारित गर्ने भएको छ । सोहि अनुसार आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले बजेट पारित गर्ने प्रक्रियालाई अगाडी बढाएका छन् ।
बैठक हुना साथ एमालेले वेल घेराउ गरेर नाराबाजी गरिरहेका छन् । तर सभामुख सापकोटाले त्यसलाई वेवास्ता गर्दै विनियोजन विधेयकमाथिको छलफल र जवाफ विनियोजन विधेयक, २०७८ को विभिन्न शीर्षकहरूमाथि छलफल प्रारम्भ गरेका छन् ।
इतिहासमा पहिलो पटक राज्य कोषको रकम खर्च गर्न नसकेर अर्थतन्त्र ‘सट डाउन’को अवस्थामा पुगेपछि सरकारले आज बिनियोजन विधेयक पारित गराउने तयारी गरेको हो।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३