काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै सरकारले पूर्णता पाउने बताएका छन् । आज प्रतिनिधि सभा बैठकमा भाग लिएर निस्किने क्रममा पत्रकाहरुसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका हुन् । उनले भने,‘मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउँछ ।’
प्रधानमन्त्री बनेको दुई महिना बितिसक्दापनि अहिलेसम्म सरकारलाई पूर्णता दिन नसकेको भनेर आलोचना भैरहेको बेला प्रधानमन्त्री देउवाले भने अब छिट्टै मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन् । सरकारलाई पूर्णता दिनेबारे प्रधानमन्त्रीले पहल गरेपनि सत्ता गठबन्धनमा आवद्ध दलका नेताहरुले मन्त्रीको नाम दिन नसक्दा समस्या भएको हो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३