काठमाडौं – मन्त्रिपरिषदको विस्तारबारे सत्ता गठबन्धनका नेताहरु आज पनि टुंगोमा पुग्न सकेनन् । चाँडै मन्त्रिपरिषद विस्तार गर्ने सहमति भएपनि कतिपय विषयमा कुरा नमिलेकाले अन्यौल देखिएको छ ।
आज बालुवाटारमा शिर्ष नेताहरुसहितको बैठक बसेर भागवण्डाको जिम्मा दिएको छ । सत्ता गठबन्धनका शिर्ष नेताहरुलाई भागवण्डाको टुंगो लगाउने जिम्मा दिने सहमति भएको बुझिएको छ ।
मन्त्रालयको संख्यामा कुरा मिलेपनि मन्त्रालयमा विवाद देखिएको छ । प्रदेशका मुख्यमन्त्रीलगायतका विषयसहित प्याकेजमा सहमतिको विषय पनि उठेको छ । उपसभामुख कस्ले पाउने भन्ने विषय पनि उठेको छ ।
राजनीतिक दल फुटाउन सजिलो हुने गरी ल्याइएको अध्यादेशले पनि अन्यौल बढाएको छ । अध्यादेश निष्कृय भएको छैन । अर्कोतर्फ, अदालतमा नेकपा एसको दर्ता बदरको उद्देश्यका साथ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुद्दा दायर गरेका छन् । त्यसको टुंगो लाग्न बाँकी छ ।
यसैं हप्ताभित्र मन्त्रिपरिषद विस्तार हुने भनिएपनि कुरा मिल्न कठिन छ । अध्यादेशको टुंगो नलागी जसपा र नेकपा एस सरकारमा जान तयार छैनन् । यसरी नै अन्यौल रहेमा दशैं अगाडि मन्त्रिपरिषद विस्तार हुने सम्भावना कमजोर छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३