काठमाडौं – नेकपा (एकीकृत समाजवादी)ले आफ्नो तर्फबाट सरकारमा सहभागी हुनेहरूको नाम र मन्त्रालयको टुंगो लगाएको छ । शुक्रबार विहान बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले मन्त्री हुनेको नाम र मन्त्रालयको टुंगो लगाएको नेता विरोध खतिवडाले जानकारी दिए ।
खतिवडाका अनुसार एकीकृत समाजवादीले पाएका चार मन्त्रालय शहरी विकासमा खतिवडा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रामकुमारी झाँक्री, पर्यटन तथा नागरिक उड्ययनमा प्रेम आले र श्रम तथा रोजगारमा किसान श्रेष्ठलाई पठाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका छन् । २९ असारमा सरकारको नेतृत्व सम्हालेका देउवाले यसअघि तनी पटक गरी पाँच मन्त्री र एक राज्यमन्त्री बनाएका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३