रकारको सरुवा गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि नेपाल सरकारका उप–सचिव प्रेमप्रसाद सञ्जेल पुनः श्रम कार्यालय विराटनगरमा हाजिर भएका छन् ।
भ्रष्टाचार विरोधी अभियन्ता कर्मचारीको छवि बनाएका सञ्जेल पुनः बुधबार कार्यालयमा फर्किएका हुन् । नेपाल सरकारका उप–सचिव भएर लामो समयदेखि भ्रष्टाचार विरोधी अभियानमा होमिएका कारण चर्चामा रहेका उनी बिहान ९ः४५ बजे नै कार्यालय पुगेका थिए ।
सर्वोच्चले बाटो खुल्ला गरिदिएपछि कार्यालयमा हाजिर गरेर उनले पहिल्यै जस्तो नियमित काम सुरु गरेका छन् । कार्यालयमा हाजिर भएपछि सञ्जेलले कर्मचारीसँग आवश्यक छलफल गर्दै भने, ‘हामी कसैले पनि घुस खानु हुँदैन । भ्रष्टाचार गर्न हुँदैन ।’ जनताको काममा यो वा त्यो बहानमा ढिलासुस्ती गर्ने र घुस खाने कर्मचारीलाई कारवाही गर्ने चेतावनी पनि उनले दिएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३