काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब पृथकतावादी आन्दोलन समाप्त भएको बताएका छन् । सिके राउतले पृथकतावादी आन्दोलन छाडेर सरकारसँग सहमतिमा आउनु सफलता भएको उनले बताए ।
आइतबार किसान आयोगले काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले राउत समूहले आफ्ना आग्रह छोडेर मूलधारको राजनीतिमा प्रवेश गर्यौं भन्ने घोषणाका साथ सरकारसँग सहमति गरेको बताए । उनले भने, ‘अब कुनै पृथकतावाद छैन, पृथकतावादी आन्दोलन, समूह, संगठन केही छैन नेपालमा ।’
सरकार र राउत समूहबीच भएको सहमतिमाथि गरिएको आशंकाप्रति उनले असन्तुष्टि जनाए । ‘पृथकतावाद छाडेर मूलधारमा आउनु र ल्याउन सफलता र सकारात्मक होइन भने के हो ?’ प्रधानमन्त्री ओलीले भने, ‘शंका छ रे ? भन्ने कुरा भनिराखेको छ उसले । फेरि शंका छ रे ? शंका, षड्यन्त्र, धोकामाथि मेरो विश्वास छैन ।’
उनले राजपातर्फ संकेत गर्दै केही-केही मान्छे कुनाकाप्चामा छटपटाएको तर, त्यो विरालो रिसायो भने खाँबो चिथोर्छ भने जस्तै मात्र भएको बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३