सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रम केपी शर्मा ओलीले सरकारले चाहँदैमा जनमत संग्रह गर्न नसक्ने बताएका छन् ।
२४ फागुनको सहमतिका आधारमा सीके राउत पक्षले जनमत संग्रहलाई सरकारले स्वीकार गरेको अथ्र्याइरहेका बेला प्रचण्डले सरकारले चाहँदैमा जनमत संग्रह गर्न नसक्ने बताएका हुन् ।
‘जनमत संग्रहलाई संसदको दुई तिहाई बहुमतले निर्णय गर्नुपर्ने हुन्छ’ पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘सरकारले चाहँदैमा जनमत संग्रह हुँदैन् ।’
शुक्रबार संसदमा बोल्दै गृहमन्त्री रामबहादुर थापा (बादल) ले पनि राउतसँग जनमत संग्रहको सहमति नभएको प्रष्ट्याइसकेको उनले उल्लेख गरे ।
यद्यपी, आइतबार जनकपुर पुग्दा राउत समर्थकले स्वतन्त्र मधेशको नारा लगाउँदै जनमत संग्रहको पक्षमा नारावाजी गरेका थिए, जसले गर्दा राउत पक्षले धोका दिनसक्ने विश्लेषण राजनीतिक क्षेत्रमा हुन थालेको छ ।
यस विषयमा नेकपाका अर्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो कुराकानी भएको उनले जानकारी दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३