काठमाडौं । सरकारसँग मूलधारको राजनीतिमा आउने सहमति गरेको सिके राउत समूहले जनकपुरमा स्वतन्त्र मधेसको नारा लगाएपछि सरकारले चासो देखाएको छ ।
सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का अनुसार यसबारे उनले सोमबार विहान मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गरेका थिए ।
के भएको हो जनकपुरमा भनेर मेरो आज विहान मात्र प्रधानमन्त्रीजीसँग पनि त्योबारे छलफल भएको थियो,’ पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘यो खाली व्यवहारिक रुपले आफ्नो समूहलाई भएको सहमतिको स्पिरिटबारे बुझाउने समय प्रक्रियाका कारणले मात्र त्यसो भएको हो । सरकारलाई कुनै आशंका छैन भनेर प्रधानमन्त्रीजीले जवाफ दिनु भएको छ ।’
सबै राजनीतिक प्रवृत्तिलाई समेटेर संविधानको मर्मअनुसार मूलधारको राजनीतिमा ल्याउन प्रयास गर्नु सरकारको जिम्मेवारी भएको भन्दै उनले सरकारको नियतमाथि शंका नगर्न आग्रह गरे । ‘यदि सहमति विपरित जान थाल्यो भने के गर्ने भन्ने निर्णय गर्ने अधिकार सरकारसँग सुरक्षित छ,’ उनले भनेका छन् ।
प्रचण्डले सहमतिको भाषा द्विअर्थी जस्ता भएका कि भन्ने प्रश्न उठेपनि गृहमन्त्रीले संसदमा जवाफ दिइसकेको बताए । सरकारले चाहँदैमा जनमत संग्रह हुन नसक्ने र संसदबाट दुई तिहाईले निर्णय गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको स्मरण गरे ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३