काठमाडौं । सरकारले विप्लव समूहमाथि लगाएको भोलिपल्ट प्रमुख विपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले समर्थन मात्र गरेनन्, कारबाही गर्न समेत माग गरे । २९ फागुनमा बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै देउवाले भनेका थिए, ‘विप्लवले आतंक फैलाउने काम गरेको छ, हाम्रै साथीहरुमाथि पनि आक्रमण भयो ।
देउवाले प्रतिबन्धको समर्थन गरिरहँदा सत्तारुढ नेकपा नेताहरु सरकारको निर्णयबारे प्रतिक्रिया दिन हिचकिचाइरहेका थिए ।
विप्लवको हिंसात्मक गतिविधि गलत भएपनि पार्टीमाथि प्रतिबन्धको निर्णय हतारमा त भएन ? भन्ने धेरैको प्रश्न थियो ।
शनिबारसम्म आइपुग्दा देउवाको बोली फेरिएको छ ।
लगतै कांग्रेस प्रवक्ता शर्माले ‘अस्पष्टता र भ्रम निवाराणार्थ’ भन्दै विज्ञप्ति जारी गरेका छन, जसमा विप्लव समूहमाथि सरकारले लगाएको प्रतिबन्धको विरोध गरिएको छ । राजनैतिक संवादबाटै सबैखालै विमतिको हल खोज्न सकिने भन्दै कांग्रेसले विप्लव समूहलाई हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउन अपील गरेको छ ।
‘नागरिक जीवनको सुरक्षा गर्नु राज्यको दायित्व हो तर त्यस नाममा संविधान विपरीत निषेधको मार्ग अख्तियार गरेर समाधानमा पुग्न सकिन्न’ प्रवक्ता शर्माको विज्ञप्तिमा भनिएको छ, ‘अतः वार्ताको माध्यमबाट दीर्घकालीन समाधान खोज्ने सक्षम शासकीय सुयोग्यता प्रस्तुत गर्न नेपाली कांग्रेस नेपाल सरकारलाई आग्रह गर्दछ ।’
देउवाले पाल्पामा ‘निषेधले होइन वार्ताले समाधान’ भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै शर्माको विज्ञप्तिमा समेत पार्टी सभापतिले अभिव्यक्ति सच्याएको संकेत गरेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३