विवादित टेलिभिजन कार्यक्रम प्रस्तोता रवी लामिछानेले आफूले नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मृत्युको कामना नगरेको दाबी गरेका छन् ।
लामिछानेले केही दिनअघि एउटा टेलिभिजनमा प्रसारित ‘सिधा कुरा जनतासँग’ नामक कार्यक्रममा नेत्रविक्रम चन्द विप्लवले प्रचण्डको हत्याको योजना बनाएको भन्ने विषयलाई समर्थन पुग्ने खालका अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जाल उनीविरुद्ध खनिएको छ । प्रचण्ड परिवारभित्रै पनि तीव्र आक्रोश व्यक्त हुन थालेपछि लामिछानेले त्यसबारे बोलेका हुन् । लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले कोही मर्नुपर्छ वा मरे पनि फरक पर्दैन नभनेको दाबी गरेका छन् । उनले कुरा नबुझ्ने आफ्नो गल्ती गरेको आरोप लगाएका छन् । ‘मैले कहिले पनि, कोही मर्नुपर्छ वा कोही मरेपनि फरक पर्दैन भनेको छैन । हे फुर्सदिला ‘तिमीहरु’ हो, बेकारमा आफ्ना नेतालाई किन गाली खुवाउन लागी पर्छौ ? बोलेको हेर, सुन । कुरा नबुझे, बुझ्नेलाई अर्थ्याउन लगाउ, सोध… हुन्न ?’, लामिछानेले भनेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३