कल्पना बोहरा, अछाम – नेकपा एकीकृत समाजवादीकी नेतृ मदनकुमारी शाह ‘गरिमा’ले एमसिसी पारित नगर्दा सरकार ढल्छ भने ढल्न दिनुपर्ने बताएकी छन् ।
‘राष्ट्रियताभन्दा सरकार ठूलो नभएका कारण गठबन्धन तोड्न तयार छौं । तर, एमसिसी कुनै पनि सर्त वा बहानामा अघि बढ्नै दिदैनौं,’ राष्ट्रियसभा सदस्यसमेत रहेकी शाहले भनिन् ।
कार्यकर्ता भेटघाटमा अछाम पुगेकी शाहले एमसीसी कुनै पनि हालतमा अनुमोदन हुन नहुने बताइन् । ‘एमसीसी कुनै पनि सर्त वा बहानामा अघि बढाउने कुरा जनतालाई स्वीकार्य हुँदैन । यो खारेज हुनुपर्छ,’ उनकाे भनाइ छ । उनले पाँच दलीय सत्ता गठबन्धन फुटाउने वा जुटाउने कारक एमसिसी बन्न नहुने पनि बताइन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३