काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबार लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ २८ पैसा र बिक्री दर १२२ रुपैयाँ ८८ पैसा कायम गरेको छ ।
युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ ५० पैसा र बिक्री दर १३५ रुपैयाँ १६ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ४० पैसा र बिक्री दर १६० रुपैयाँ १९ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ २९ पैसा र बिक्री दर १३० रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ९१ पैसा र बिक्री दर ८८ रुपैयाँ ३४ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ छ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ५२ पैसा छ ।
जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३७ पैसा र बिक्री दर १० रुपैयाँ ४२ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ १९ पैसा र बिक्री दर १९ रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ५९ पैसा र बिक्री दर ३२ रुपैयाँ ७५ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ४६ पैसा र बिक्री दर ३३ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ सात पैसा छ भने बिक्री दर २९ रुपैयाँ २१ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नाै रुपैयाँ ८२ पैसा र बिक्री दर ९ रुपैयाँ ८७ पैसा कायम भएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३