काठमाडौंको फोहोर व्यवस्थापन सुरु भएको छ । फोहोर बोकेर पुगेका टिपरलाई अवरोध गर्न खोज्ने १४ जना स्थानीहरू पक्राउ परेपछि फोहोर व्यवस्थापन पुनः सुरु भएको हो ।बञ्चरेडाँडाका स्थानीय बासिन्दाले विरोध गरेपछि सरकारले प्रहरी बल प्रयोग गरेर काठमाडौंको फोहोर खसाल्न सुरू गरेको छ।
दायाँबायाँ, अगाडि-पछाडि प्रहरी तैनाथ गरेर बञ्चरेडाँडा डम्पिङ साइटमा फोहोर खसाल्न थालिएको स्थानीय बादल गजुरेलले जानकारी दिए। उनका अनुसार अहिले यहाँ १५-२० ट्रक फोहोर ल्याइएको छ। सोमबार सम्बन्धित स्थानीय तहसमेतको सहमतिमा आजबाट फोहोर उठाउन थालिएको थियो । सोही सहमतिअनुसार बन्चरेडाँडामा फोहोर पठाइएको थियो । सहमतिबारे आफूहरूलाई थाहा नभएको, काठमाडौंमै बसेर कुरा मिलाइएको भन्दै स्थानीय फोहोरको गाडी अवरोध गरेका हुन् ।
यसअघि मेयर बालेन साहले फोहोर बिसर्जनमा बल प्रयोग नगर्ने बताएका थिए । तर, स्थानीय जनप्रतिनिधिसँग भएको सहमति केही स्थानीयबासीले नमान्ने बताएपछि मेयर साहले प्रहरी परिचालनमा सहमति जनाएको ती अधिकारीले बताए ।
उनीहरूले सिसडोल र बञ्चरे बीचमा रहेको आलेटारमा धर्ना दिएका थिए। यसैबीच काठमाडौं र नुवाकोटका विभिन्न ठाउँबाट गएको प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले स्थानीयमाथि बल प्रयोग गरेको थियो।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३