श्रीमानले बलात्कार गरेको भन्दे एक महिलाले प्रहरीमा उजुरी दिएकी छन् ।
तिलोत्तमा नगरपालिका–१७ की महिलाले श्रीमानबाट पटकपटक बलात्कृत भएको भन्दै इलाका प्रहरी कार्यालय, बुटवलमा जाहेरी दिएकी हुन् । इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी ठगबहादुर केसीले श्रीमतीको जाहेरीका आधारमा पुरुषविरुद्ध वैवाहिक बलात्कारको मुद्दा दर्ता भएको जानकारी दिए ।
पछिल्लो ६ महिनायता आफूमाथि धेरैपटक बलात्कार गरेको आरोप महिलाको छ । जाहेरीमा बिरामी भएका बेलासमेत श्रमिानले जबर्जस्ती करणी गरेको उल्लेख छ ।
परिवारका सदस्य र छिमेकीलाई आफ्नो पीडा बताए पनि बेवास्ता गरेकाले प्रहरीको शरणमा पुगेको उनको भनाइ छ । मुलुकी अपराध संहितामा श्रीमतीसँग इच्छाविपरीत करणी गरे ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३