बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिना कैद सजाय तोकिएका अभिनेता पल (पूर्णविक्रम) शाहले उच्च अदालत पोखरामा पुनरावेदन गर्ने भएका छन् ।
नाबालिकामाथि बलात्कारको मुद्दामा मंगलबार नवलपुर जिल्ला अदालतले पललाई सफाइ दिए पनि बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिना कैद, २५ हजार जरिवाना र १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो ।
अदालतको पूर्णपाठ आउनै वित्तिकै पुनरावलोकनको जाहेरी दर्ता गर्ने तयारीमा आफूहरु रहेको पलका वकिल कमलामोहन वाग्लेले जानकारी दिए ।
‘फैसलाको पूर्णपाठ आउने वित्तिकै हामी उच्च अदालतमा जान्छौं । जाहेरी दिने तयारी अवस्थामा छौं,’ वाग्लेले भने ।
यसैबीच, तनहुँ जिल्लामा अदालतमा चलिरहेको पलविरुद्धको यस्तै प्रकृतिको अर्को मुद्दाको पेशी आगामी असोज २ गतेलाई तोकिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३