एमाले नेता भीम रावलले अध्यक्ष केपी ओलीले आफूलाई होली वाइनका प्रचारकको संज्ञा दिएकामा आपत्ति जनाएका छन् ।
दुर्नाम संस्था होली वाइन भनी चिनिने एकनाथ ढकाललाई प्रतिनिधिसभा सदस्य बनाउने गलत निर्णय उदांग भएपछि ओलीले होली वाइनको प्रचारक भीम रावल भन्नसक्नेले अरू के मात्रै गर्न बाँकी राख्छन् होला भन्दै उनले प्रश्न गरेका छन् ।
‘ दुर्नाम संस्था होली वाइन भनी चिनिने एकनाथ ढकाललाई प्रतिनिधि सभा सदस्य बनाउने गलत निर्णय उदांग भएपछि एमाले अध्यक्ष केपीले होली वाइनको प्रचारक भीम रावल भन्नुभएछ’। रावलले बिहीबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस्तो भन्न सक्नेले अरू के मात्रै गर्न बाँकी राख्छन् होला र ? राजनीति विकृत त्यसै भएको हो र ?’
एक टेलिभिजन अन्तर्वार्तामा ओलीले होली वाइनका प्रचारक एकनाथ ढकाल नभइ भीम रावल भएको आरोप लगाएका थिए । ओलीले एकनाथ ढकाल होली वाइनका प्रचारक नभई भीम रावल भएको आरोप लगाएका थिए । एकनाथले एक शब्द पनि होली वाइन नभनेको र भीम रावलले पटकपटक होली वाइन भनेको सुनेको टिप्पणी गरे ।
एकनाथ जापानको युनिफिकेसन चर्चसँग जोडिएका छन् । उनलाई एमालेले प्रतिनिधिसभा सदस्यमा एमालेले समानुपातिक सूचीमा राखेको छ । रावलले त्यसमा आपत्ति जनाउँदै आएका छन् । ढकाल ओली सरकारमा ०७२ सालमा शान्ति मन्त्री थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३