जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले निर्वाचनमा कसलाई भोट हाल्दा ठिक हुन्छ भन्ने कुरा मनन् गर्न आग्रह गरेका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै श्रेष्ठले अहिलेको निर्णायक घडीमा गरिएको निर्णयले आगामी पाँच वर्षको भविष्य निर्माण हुने बताए ।
उनले भने, ‘कसलाई हाल्ने कसलाई नहाल्ने भन्ने निर्णायक घडीमा छौँ । किन भोट हाल्ने र कसलाई हाल्ने भन्नेमा सबैले चिन्तन मनन गर्न आवश्यक छ । किन की यो पटकको भोटले ५ वर्ष हामीलाई शासन गर्छ । ५ वर्षसम्म गलत व्यक्तिको हातमा सत्ता पुग्यो भने देश तहसनहस हुन्छ ।’
केपी शर्मा ओली सत्तामा हुँदा दुई पटक संसद् विघटन भएको स्मरण गर्दै श्रेष्ठले अहिले गठबन्धन सरकार भए पनि जनअपेक्षाअनुसार काम हुन नसकेको बताए ।
गठबन्धन सरकारसँग पनि जनताहरू असन्तुष्ट रहेको उनको भनाई छ । कार्यकारीको भूमिका नै निर्णायक हुने अवस्थामा संयुक्त सरकारमा भएका अरू मन्त्रीहरू जतिसुकै राम्रा भए पनि नेतृत्व असल नहुँदासम्म काम नहुने उनले बताए ।
उनले भने, ‘हामी पनि संयुक्त सरकारमा सामेल भयौँ । जहाज हाँक्ने त पाइलटले हो । तर त्यहाँ भित्र बसेका जतिसुकै कुशल भएपछि क्याप्टेन राम्रो भएन भने जहाँ डुब्न सक्छ । अहिले देउवाको क्याप्टेन्सीले ठिक ढंगले अगाडि बढाउनै सकेको छैन । अब सही व्यक्ति नेतृत्वमा आउनुपर्छ ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३