साेभियत संघ र पूर्वी युरोपमा कम्युनिस्ट सत्ता कसरी पतन भयो भन्ने उल्लेख गर्दै उनले भने, ‘अहिले भइसक्यो भनेको होइन । मेरो भनाइलाई बढी नबुझियोस् । तर संकेत त त्यति राम्रो देखिएनन् नि आजभोलि । यसो घटना हेर्यो मान्छेहरु त बिग्रिने बिग्रिनेतिर जस्तो …’
कम्युनिस्ट पार्टीका संस्थापक नेता नारायण विलास जोशी स्मृति प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रममा प्रचण्डले कम्युनिस्टहरुमा लोभ, भ्रष्टाचारजन्य क्रियाकलाप देखिन थालेको बताए ।