पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा महान् शुद्धीकरण चाहिएकाले २०७७ साल पुस ५ गते संसद् विघटन गरेको बताएका छन ।
उनले विघटनबाटै शुद्धीकरणको अभियान सुरु गरेको बताएका छन ।‘ मिसन ग्रासरुट’ अभियान अन्तरगत आज (मंगलबार) पाल्पामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
अध्यक्ष ओलीले भने, ‘मुख्य शुद्धीकरण अभियान त हामीले अगाडि नै सुरु गर्यौँ । २०७७ साल पुस ५ गते म आफै प्रधानमन्त्री भएको प्रतिनिधि सभा किन विघटन गर्नुपर्यो ? भन्दा एउटा महान् शुद्धीकरण देशलाई चाहिएको थियो ।’
उनले आफ्नै सरकार चल्न नदिने, भ्रष्टाचार गर्न दिएन भनेर रोइकराई गर्ने, प्रतिक्रियावादीलाई सरकार बुझाउनुपर्छ भनेर खुलेआम प्लिट गर्ने गरेकाले आफु त्यो निर्णयमा पुगेको बताएका छन ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७