जनमत पार्टीका अध्यक्ष सिके राउतले बारामा जसपाले बुथ कब्जा गरेको आरोप लगाएका छन् ।
बारा क्षेत्र न. २ मा भइरहेको २ मतदान केन्द्रका बुथ जसपाले कब्जा गरेको आरोप लगाएका हुन् ।
उनले प्रहरीकै सहयोगमा बुथ कब्जाभइरहेको बताए । जिल्लाको पचरौता नगरपालिका बेलडाडी र देवतालको झिगैया बुथमा आफूहरुको प्रतिनिधि प्रवेश गर्न नदिइ बुथ नै कब्जा गरेको जनमत पार्टीको दावी छ ।
जनमतले शनिबार नै बुथ कब्जा हुनेबारे जानकारी पाएको पनि जनाएको थियो । सोबारे प्रहरीलाई जानकारी दिँदा कुनै सुनुवाइ नभएको बताइएको थियो । यद्यपि उता प्रहरी प्रशासनले भने बुथ कब्जा नभएको जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३