नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ ।
सदनको विश्वास गुमाएसँगै कोशीबाट कार्की नेतृत्वको सरकार ढलेको छ । कार्की २०७९ पुस २४ मा नियुक्त भई २५ गते शपथ लिएका थिए ।विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मत र विपक्षमा ४३ मत खसेको छ ।
९३ सदस्यीय कोशी सभामा बहुमतका लागि ४७ सांसद चाहिन्छ । बहुमत पूरा गर्न नसकेसँगै १७४ दिनपछि मुख्यमन्त्री बाहिरिएका छन् । प्रदेशसभामा ८९ सांसद उपस्थित छन् ।कार्कीको पक्षमा एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्यले मत दिए ।
उनको विपक्षमा ४३ मत खसेको छ ।अब कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।२०७९ मंसिरमा भएको प्रदेश सभा चुनावपछि २४ पुसमा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३