यातायात ब्यवस्था कार्यालयहरुमा लाग्ने गरेको भीड र बिचौलिया प्रबृति अब अन्त्य हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमति पत्रको नविकरण, बर्ग थप, पहिले आवेदन गरेका तर सफल हुन नसकेकाले पुनः आवेदन विधुतीय माध्यमबाट गर्ने भएको छ ।
‘मैले यो मन्त्रालयको जिम्मेवारी लिएलगतै यातायात ब्यवस्था कार्यालयमा लाग्ने गरेको भीड र बिचौलियातन्त्रको अन्त्य गर्ने अठोट गरेको थिए, लाइसेन्सका लागि नयाँ आवेदन, नविकरण, सवारी बर्ग थप र राजश्व आजदेखि अनलाइनबाटै बुझाउने ब्यवस्था गरेका छौ’ अनलाइन सेवा सुरु गर्दै मन्त्री प्रकाश ज्वालाले भने ‘आजदेखि गण्डकी प्रदेशको पोखराबाट सेवा सुरु गरेका छौ, एक महिनाभित्र देभभरका यातायात कार्यालयबाट अनलाइन सेवा सुरु गर्छाै ।’
बुधवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले अनलाइन सेवाको सुभारम्भ गरेका छन् । अनलाइन सेवा सुचारु गर्दा राज्यमन्त्री नन्दा चपाईको उपस्थितिमा गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशम बहादुर जुग्लाली डिजिटल माध्यमबाट जोडिएका थिए ।
अनलाइन सेवा सुचारु भएपछि यातायात ब्यवस्था कार्यालयमा बायोमेट्रिक गर्न, लिखित परीक्षा र ट्रायल दिन मात्र जानुपर्नेछ । ‘स्वास्थ्य परीक्षणपनि यातायात ब्यवस्था कार्यालयबाट मात्र नभई प्रदेश मन्त्रालयले तोकेका चिकित्सकबाट पनि लिने ब्यवस्था गर्न लागेका छौ’ यातायात ब्यवस्था विभागमा महानिर्देशक नारायण प्रसाद भट्टराईले भने । नेपालमा झण्डै ३३ लाख ६० हजारले चालक अनुमति पत्र दिएका छन् । उनीहरु नविकरण र बर्ग थपका लागि यातायात ब्यवस्था कार्यालय बाहिर लाइन बस्न नपर्ने भएको छ । लाइसेन्स नविकरण पनि पाँच/पाँच बर्षमा नभई १० बर्ष गर्ने ब्यवस्था हुँदैछ । नयाँ आवेदन स्वीकृत भएको, लिखित परीक्षा प्रयोगात्मक परीक्षाको नतिजा हेर्न पनि अब यातायात कार्यालय जानुपर्दैन । ‘त्यसका लागि मोवाइल नम्वरमा एसएमएस आउने ब्यवस्था गर्दैछौ’ महानिर्देशक भट्टराईले भने ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३