महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्यले जिल्ला जिल्लामा महिला विकास कार्यालयको खारेजीपछि जिल्लास्तरमा विच्छेद भएको मन्त्रालयसँगको सम्बन्ध फेरि जोडेका छन् । मन्त्री आचार्यले सयदिनको अवधिमा जिल्ला समन्वय समितिको कार्यालयका अधिकृतलाई मन्त्रालयको प्रत्येक जिल्लामा सम्पर्क विन्दुको रुपमा तोक्ने निर्णय गरेर जिल्लासँगको मन्त्रालयको सम्बन्ध जोडेका हुन् ।
यस्तै मन्त्री आचार्यले यो सयदिनको अवधिमा केहि नीतिगत तथा व्यवहारिक कामहरू पनि अगाडि बढाएका छन् । जसअन्तरगत हराएका १ हजार ७ सय ४९ जना बालबालिका मध्ये १ हजार ६ सय ९४ जना बालबालिका फेला पारी परिवारमा पुनर्मिलन गराएको छ । मन्त्रालयले पछिल्लो सय दिनमा बेवारीसे फेला परेका ९२ जना बालबालिका मध्ये ५६ जना लाई परिवारमा पुनर्मिलन गराइएको छ । मन्त्री सुरेन्द्र आचार्यले पद वहाली गरेपछिको यो अवधिमा बिभिन्न कारणले जोखिममा परेका ४ सय ३० जना बालबालिकालाई उद्धार गरिएको सचिवालयले जनाएको छ ।
त्यस्तै यो अवधिमा नेपालका दुर्गम क्षेत्रमा ४२ जना ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरु सुरक्षित सुत्केरी गराउनको लागि हवाइ उद्धार गरिएको छ भने बेवारिसे अवस्थामा रहेका ३० जना सडक बालिबालिकाको उद्दार गरिएको छ । मन्त्रालयका अनुसार जोखिममा परेका ४३० जना बालबालिकालाई उद्धार गरिएको र दुर्गम क्षेत्रमा ४२ जना ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरु सुरक्षित सुत्केरी गराउनको लागि हवाइ उद्धार गरिएको जनाएको छ ।
यसका साथै समाजमा समस्याका रुपमा रहेको वृद्दावस्था व्यवस्थापन सम्वन्धमा ७ प्रदेशमा वृद्दावस्था व्यवस्थापनको लागि वृद्धा स्याहार–सुसार सम्वन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ । यही अवधिमा ज्येष्ठ नागरिकको ज्ञान, सिप र अनुभवलाई उपयोग गर्न अन्तरपुस्ता सीप हस्तान्तरण सम्बन्धी कार्यशाला कोशी प्रदेशको धनकुटा, बागमति प्रदेशको काठमाण्डौ र कर्णाली प्रदेशको सुर्खेतमा सम्पन्न गरेको जनाइएको छ ।
त्यस्तै बाल संरक्षण तथा बालबालिका सम्बन्धी एकिकृत डिजिटल तथ्यांक व्यवस्थापन प्रणालीको स्थापना र सञ्चालनको लागि सफ्टवयरको निर्माण गरी संचालनमा ल्याइएको मन्त्रालयले जनाएको छ । यस्तै महिलाहरुको आर्थिक सशक्तिकरणको लागि उद्यमशिलता विकास प्रशिक्षण कार्यक्रम सुनसरी, सिराहा, म्याग्दी र सुर्खेतमा सञ्चालन गरिएको सय दिनको प्रगति विवरणमा उल्लेख छ । यस्तै विराटनगर र कैलालीमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी अभियान कार्यक्रम संचालन गरिएको र पोखरा,नुवाकोट र रौतहट जिल्ला कारागारमा जेल सजाय भोगिरहेका महिला तथा किशोरीहरुलाई जेल जिवन तथा जेल जिवन पश्चातको जिवन परिवर्तनको लागि सामाजिक सचेतना सहितको सकारात्मक सोच कार्यक्रम सम्पन्न गरिएको मन्त्रालयले जनाएको छ ।
साथै नितिगत तहमा पनि मन्त्रालयले यो अवधिमा महत्वपूर्ण निर्णयहरूको मन्त्रालयले जनाएको छ । जस अन्तरगत ज्येष्ठ नागरिक नीति, २०८० को मस्यौदा तर्जुमा गरिएको छ भने मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ को संशोधन मस्यौदा र मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति तथा कार्ययोजनाको मस्यौदा तयार गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै पालेर्मो प्रोटोकलको कार्यान्वयनको लागि मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय नीति तथा कार्ययोजनाको मस्यौदा तयार गरिएको र अपाङ्गता हेरचाह सम्वन्धी आधारभुत तालिम सञ्चालन स्रोत पुस्तिका, २०८० तयार भएको मन्त्रालयले जनाएको छ । त्यस्तै ज्येष्ठ नागरिक मिलन केन्द्र निर्माण तथा संचालन सम्बन्धि कार्यविधि, २०८० को प्रारम्भिक मस्यौदा तयार भएको गरिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३