राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हमासको कब्जामा रहेका नेपाली विपिन जोशीलाई छुटाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
आज सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले हमाससँग नेपालको दुश्मनी नभएको भन्दै हमाससँग राम्रो सम्बन्ध भएका देशहरुमार्फत् कूटनीतिक प्रयास गरे विपिनलाई छुटाउन सकिने उल्लेख गरेका छन् ।
उनले सरकारलाई यस्तै अवस्थामा कूटनीतिक कौशल देखाउनु पर्ने पनि बताएका छन् ।
उनले लेखेका छन्, ‘इजरायली सरकारका अनुसार नेपाली विद्यार्थी विपिन जोशी हमासको कब्जामा छन् । हमाससँग नेपालको दुश्मनी छैन । विपिन परिबन्दले कब्जामा परेका हुन् । नेपाल सरकारले मध्यपूर्वका हमाससँग राम्रो सम्बन्ध भएका देशहरुमार्फत् कूटनीतिक प्रयास गरे छुटाउन सकिन्छ । यसतर्फ म सरकारको ध्यानाकर्षण गर्दछु । यस्तो बेला हो, कूटनीतिक कौशल देखाउने ।’
इजरायलको दक्षिण क्षेत्रस्थित किबुज अलिमिमबाट बेपत्ता पारिएका कञ्चनपुरका विपिन प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेको इजरायलले पुष्टि गरेको थियो । जोशी अक्टोबर ७ देखि बेपत्ता छन् ।
इजरायलको प्रधानमन्त्री कार्यालयले हमासको बन्धकमा जोशीसहित एक सय २२ विदेशी नागरिक रहेको जनाएको छ । तीमध्ये सबैभन्दा बढी थाइल्यान्डका २४ जना छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३