Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ जेष्ठ २, बिहिबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस : हरि ढकाल

३ घण्टा अघि
२

सुनचाँदीको मूल्य घट्यो

४ घण्टा अघि
३

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

२ दिन अघि
४

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

१ हफ्ता अघि
५

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

२ हफ्ता अघि
६

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

२ हफ्ता अघि
७

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

३ हफ्ता अघि
८

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

३ हफ्ता अघि
९

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

३ हफ्ता अघि
१०

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

३ हफ्ता अघि
११

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

३ हफ्ता अघि
१२

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

४ हफ्ता अघि

धेरै पढिएका

१

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

३ हफ्ता अघि
२

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

२ हफ्ता अघि
३

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

३ हफ्ता अघि
४

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

४ हफ्ता अघि
५

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

३ हफ्ता अघि
६

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

३ हफ्ता अघि
७

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

३ हफ्ता अघि
८

करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

४ हफ्ता अघि
९

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

१ हफ्ता अघि
१०

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

२ हफ्ता अघि
११

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

२ दिन अघि
१२

सुनचाँदीको मूल्य घट्यो

४ घण्टा अघि

समाचार रोक्न नसकेर राज्यशक्ति दुरुपयोग : सिरोहिया 

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०८१ जेष्ठ ८, मंगलबार (११ महिना अघि)

  • २०९ पटक पढिएको
  • आफूविरुद्ध पक्राउ पुर्जी जारी गरिनुलाई कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहियाले समाचार रोक्न राज्य शक्तिको दुरुपयोग गर्दै विषयान्तरको दबाबका रुपमा लिएका छन् ।

    नागरिकताका विवरण फरक रहेको समाचार आइरहँदा सिरोहियालाई पक्राउ गर्न धनुषा जिल्ला अदालतले सोमबार प्रहरीलाई अनुमति दिएको हो । जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले नागरिकता किर्ते प्रकरणमा सिरोहियालाई पक्राउ गरि अनुसन्धान गर्न अनुमति दिएको धनुषा प्रहरीले जनाएको छ ।

    सिरोहियाको नागरिकताबारे केही सञ्चारमाध्यममा समाचार आएका थिए । उनले सञ्चालन गर्दै आएका कम्पनीपिच्छे अलग अलग नागरिकता नम्बर प्रयोग गरेको भन्दै समाचार प्रकाशन भएपछि धनुषा प्रहरीले अनुसन्धान थालेको थियो ।

    सिरोहियाका बाबु घासीराम माडवारी अंगीकृत नागरिक भए पनि सिरोहियाले भने वंशजको नागरिकता प्रमाण नै सार्वजनिक भएका थिए । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष समेत रहेका कैलाश सिरोहियाले नागरिकताको विषयमा जिल्ला अदालत धनुषाबाट जारी पक्राउ पुर्जीलाई संस्थासँग जोडेका छन् ।

    कान्तिपुर दैनिकले सहकारीको रकम अपचलन आरोपमा उपप्रधान एवं गृहमन्त्री रवि लामछिानेलाई छानबिनको दायरामा ल्याउन दबाब पुग्नेगरि लगातार समाचार प्रकाशित गर्दै आएको छ । पक्राउ पुर्जी जारी हुनुलाई समाचार रोक्ने नियत रहेको सिरोहियाको ठहर छ ।

    विज्ञप्ति जारी गर्दै सिरोहियाले कान्तिपुरमा प्रकाशित समाचारलाई लिएर सरकारले राज्य शक्तिको दुरुपयोग गरेको प्रतिक्रिया दिएका छन् ।

    ‘सहकारीका ७१ लाख सदस्य तथा बचतकर्ताको पसिनाको कमाइ सुरक्षित गर्न यसमा ठगी गर्नेहरूमाथि अनुसन्धान र कारबाही हुनुपर्ने आवाज उठाउनु कुनै पनि सञ्चारमाध्यमको जिम्मेवारी हो । कान्तिपुरको समाचार रोकाउन ब्ल्याकमेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न मेराविरुद्ध आफैं उजुरी गर्न लगाएर, सोधपुछसमेत नगरी पक्राउ पुर्जी जारी गर्ने हर्कत गरिएको हो भन्नेमा शंका छैन,’ उनको विज्ञप्तिमा छ ।

    कान्तिपुरको समाचार रोक्ने ब्ल्यामेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न आफूविरुद्ध पक्राउ पुर्जी जारी गरिएको सिरोहियाको भनाइ छ ।

    सिरोहियालाई कांग्रेसको साथ

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई भेट्न थापाथलीस्थित कार्यालयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूको लस्कर लागेको छ ।

    नागरिकता  किर्ते प्रकरणमा जिल्ला अदालत धनुषाबाट मंगलबार पक्राउ पुर्जी जारी भएपछि कांग्रेसका झण्डै दर्जन  बढी नेताहरू थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयमा पुगेर सिरोहियासँग संवाद गरेका हुन् ।

    सिरोहियालाई भेटेर फर्किएका कांग्रेस नेता रामहरि खतिवडाले आफूसहित करिब २० जना सांसदहरू त्यहाँ पुगेको पुष्टि गरे ।उनले पूर्व परराष्ट्रमन्त्री एनपी साउदसँगै सांसदहरू दीपक गिरी, वीरबहादुर बलायर, प्रतिमा गौतम, रामनाथ अधिकारी, राजु थापा, चन्दा चौधरी र राजेन्द्र बजगाईँलगायत नेताहरू सिरोहियालाई साथ दिन पुगेको पनि बताए ।

    यसअघि कांग्रेसले मंगलबारको प्रतिनिधि सभा बैठकमा समेत सिरोहियाविरुद्ध प्रतिशोध लिइएको भन्दै आपत्ति जनाएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस : हरि ढकाल
    हरप्रहर

    कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस : हरि ढकाल

  • सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक
    हरप्रहर

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

  • विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    हरप्रहर

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

  • एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
    हरप्रहर

    एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

  • ताजा खबर
  • १

    कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस : हरि ढकाल
    ३ घण्टा अघि

  • २

    सुनचाँदीको मूल्य घट्यो
    ४ घण्टा अघि

  • ३

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक
    २ दिन अघि

  • ४

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    १ हफ्ता अघि

  • ५

    आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
    २ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution