यातायात व्यवस्था विभागले समयमै काम नगरिदिँदा सवारीचालकहरुले अनावश्यक तनाव भोग्नुपरेको देखिएको छ । विभागले सवारीचालक अनुमतिपत्र छपाईमा गरेको अनावश्यक ढिलाई नै शंकाको घेरामा परेको छ भने सरकारको निर्णय समयमा कार्यान्वयन नगरेको भनेर संवैधानिक निकायले प्रश्न पनि गरेको छ ।
विभागले छपाईका लागि समय थपिएपछि पनि २ लाख ६० हजार कार्ड नछापेको महालेखा परीक्षक विभागले टिप्पणी गरेको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को परिच्छेद ४ मा सवारीचालक अनुमतिपत्र सम्बन्धी भएको व्यवस्था बमोजिम यातायात व्यवस्था विभागबाट अनुमतिपत्रहरूको छपाइ, वितरण तथा तथाङ्क भण्डारणसम्बन्धी कार्यहरू हुनुपर्ने हो ।
विभागले एक विदेशी कम्पनीसँग २०८० ।५।१८ भित्र १२ लाख स्मार्ट कार्ड आपूर्ति गर्नेगरी २०७९।११।१० मा अमेरिकी डलर १४ लाख ९८ हजारको सम्झौता गरेको थियो । सम्झौता अवधिभित्र कार्ड आपूर्ति हुन नसकी दुइ पटक गरी १७२ दिन म्याद थप भएको थियो । चालक अनुमतिपत्र मागको आधारमा यो वर्षसम्म १४ लाख ६० हजार कार्ड छपाइ हुनुपर्नेमा सम्झौताअनुसार १२ लाख कार्ड मात्र आपूर्ति हुनेभएकोले २ लाख ६० हजार कार्ड अपुग हुनेअवस्था छ ।
विभागले हाल विदेश जाने व्यक्तिसहित अत्यावश्यकलाई मात्र कार्ड वितरण गरिरहेकोले २०२२ जुलाईदेखिका नयाँ तथा नवीकरण गरेका सवारीचालकहरूको अनुमतिपत्र छपाइ भएको छैन । आवश्यक सङ्खख्यामा कार्डको आपूर्ति नहुँदा सेवा प्रवाहमा असर परेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३