आगामी श्रावण महिनाभर सञ्चालन हुने ऐतिहासिक पशुपति कोटिहोम महायज्ञ सुभारम्भ हुन अब करिब दुई हप्ता मात्र बाँकी छ। महायज्ञ प्रारम्भ हुने मिति नजिकिँदै गर्दा आयोजक मानव सेवा फाउण्डेसन नेपालले तयारीलाई तिब्रता दिएको छ ।
आयोजक र अन्य सामाजिक तथा धार्मिक संघसस्थाहरु पनि महायज्ञ संचालनको तयारीमा छन् । उपत्यका भित्रका सामाजिक तथा धार्मिक संघसस्थाहरुमा आबद्ध रहेका व्यक्तिहरु कार्यक्रम परिसरमा उपस्थित भई निःशुल्क स्वयंसेवा गरिरहेको आयोजक समितिले जानकारी दिएको छ।
कार्यक्रम स्थल वनकाली हंसमण्डप, कैलाशडाँडालगायत पशुपति क्षेत्र सरसफाइदेखि पण्डाल र हवन कुण्ड निर्माणलगायतको कार्यमा निःशुल्क स्वयंसेवा गर्ने व्यक्ति तथा सामाजिक संस्था बढदै गइरहेको आयोजकको भनाइ छ।
उपत्यकाबाट अहिले दैनिक समूहका पदाधिकारीहरु तथा व्यक्तिगत रुपमा सयौंको संख्यामा सहभागी भएर सेवा प्रदान गरिरहेका छन । त्यस्तै उपत्यका बाहिरबाट पनि सेवा गर्न चाहनेको संख्या उल्लेख्य रहेको आयोजकले जानकारी दिएको छ।
यसरी स्वयंसेवकको भूमिका निर्वाह गर्ने व्यक्ति या संस्थाहरुलाई आयोजक मानव सेवा फाउण्डेसनले कार्यक्रमको समयमा प्रशंसा पत्रले सम्मान गर्ने कार्यक्रम राखेको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३