काठमाडौं – लिबियाका पूर्वप्रधानमन्त्री महमोद जिब्रिलको कोरोना भाइरस (कोभिड-१९) को कारण मृत्यु भएको छ । उनी सन् २०११ मा लिबियाका शासक मुआमार गद्दाफीलाई सत्ताबाट हटाएपछि बनेको अन्तरिम सरकारका प्रमुख थिए । सन् २०१२ मा उनले नेशनल फोर्सेस एलायन्सको स्थापना गरेका थिए ।
एलायन्सका सेक्रेटरी खलेद अल-म्रिमिले दिएको जानकारी अनुसार ६८ वर्षीय जिब्रिलको आइतबार इजिप्टको कायरोमा मृत्यु भएको हो । उनी दुई सातादेखि अस्पतालमा भर्ना भएका थिए ।
अल जा जीराकाअनुसार उनी मार्च २१ मा हृदयाघातको कारण अस्पतालमा भर्ना भएका थिए । त्यसको तीन दिनपछि उनलाई कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो ।
सन् २०११ को क्रान्तिमा जोडिनुभन्दा पहिला उनी गद्दाफीका आर्थिक सल्लाहकार थिए । पछिल्लो समय लिबियामा बढेको हिंसाको कारण जिब्रिल मुलुक बाहिर रहँदै आएका थिए । लिबियामा भने अहिलेसम्म १९ जनामा यो भाइरसको संक्रमण देखिएको छ भने एकजनाको मृत्यु भएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३