हरप्रहर सम्वाददाता, काठमाडौँ – काठमाडौं महानगरपालिका वडा नं १५, भुईखेलमा का.म.पा. वडा १५ को लगानी र गैर सरकारी संस्था गुथि, निभा रेन र रोटरी न्यूरोड क्लबको प्राविधिक सहयोगमा निर्मित शरीर निसङ्क्रमण द्वारको बिहिबार काठमाडौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले शुभारम्भ गरेका छन् ।
यस वडामा हाल काठमाडौं महानगरपालिकाले असहाय, विपन्न र दैनिक ज्याला मजदुरी गरि खानेका लागि खाना खुवाउने व्यवस्था गरेकोले यसै स्थानलाई सेनिटाइजर टनेल राख्ने उपयुक्त स्थानको रुपमा छनौट गरि सेनिटाइजर टनेलको स्थापना गरेको हो ।
यस सेनिटाइजर टनेलमा इफेक्टिभ माइक्रो अरग्यानिजमको झोल स्प्रे गर्छ र शरीर भरि रहेका सुक्ष्म जिवाणुलाई निष्क्रिय पारी जिवाणु रहित बनाउँछ । इ.एम. विभिन्न उपयोगि सुक्ष्म जिवाणुको मिश्रण भएको झोल हो जसले हानीकारक सुक्ष्म जिवाणुहरुलाई नष्ट गर्छ । अन्य किटाणु नासक रसायनले जस्तो इ.एम.को नकारात्मक असर मानब स्वास्थ्यमा हुँदैन ।
हाल उपत्यकाका विभिन्प स्थानमा किटाणु नासक रसायन छर्ने काम भइरहेको छ । ठाउँ ठाउँमा व्लिचिङ्ग पाउडर, मालाथिन र क्लोरिन छर्किने कार्य अझै पनि जारी छ । तर रसायनिक विषादिको प्रयोगले वातावरण तथा मानव स्वास्थ्यमा नकारात्मक असर पर्दछ । यसले मानिसको छाला, आँखा, नाक, घाटी र श्वास प्रश्वास प्रणालीमा असर गर्नुका साथै विभिन्न स्वास्थ्य समस्या जस्तै क्यान्सर, दम जस्ता रोगको कारक बन्न सक्दछ ।
चिनमा पनि सुरु सुरुमा व्यापक रुपमा किटाणु नासक रसायन छरिए पनि यसले सकारात्मक भन्दा नकारात्मक असर बढि देखाएपछि चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले यसलाई रोक्ने निर्देशन दिएको थियो ।
इ.एम. रिसर्च अर्गनाइजेशन जापानका प्रोफेसर हिगाले किटाणु नासक रसायनको सट्टामा इ.एम. प्रयोग गर्दा राम्रो हुने कुरा बताएका छन् । पहिलेको अनुसन्धानले पनि इ.एम. ले इन्फ्लुएन्जा हरपिज तथा विभिन्न अरु भाइरसका विरुद्व इ.एम एक प्रभावकारी प्रकृतिक किटनासक भएको पुष्टि गरेको छ । यो झोल कोरियाको वुसान शहरमा पनि कोभिड–१९ विरुद्व निसङ्क्रमणको रुपमा प्रयोग भइसकेको छ । यसले मानव र वातावरणमा पनि नकारात्मक असर नहुने र यसले झन उपयोगी जिवाणुलाई बढ्न मद्दत गरेर वातावरण स्वच्छ र स्वास्थ्य राख्न सहयोग गर्दछ ।
अहिले लक डाउनको बेलामा पनि अत्यावश्यक कार्यमा निस्कने कर्मचारीहरु र सर्वसाधारणका लागि स्पर्श रहित हात धुने स्टेशन प्रभावकारी रहने अपेक्षा गरिएको छ । यस संयन्त्रलाई खुट्टाले प्याडललाई दबाएपछि धाराबाट पानी झर्ने र छोडेपछि बन्द हुने हुन्छ । यो स्पर्श रहित हात धुने प्रविधि वाटर एड नेपालद्वारा निर्माण गरिएको हो ।
काठमाडौं, ललितपुर, कीर्तिपुर र मध्यपुर ठिमी नगरपालिकाहरुसंगको सहकार्य र वाटर एड नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा गुथि नामक गैर सरकारी संस्थाले उपत्यकाका चार वटै नगरपालिकामा ५० वटा स्पर्श रहित हात धुने स्टेशन राख्ने कार्यको सुरुवात गरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३